काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ८५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र चाँदीको मूल्य चार हजार ६८५ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला तीन लाख १०० र चाँदीको मूल्य चार हजार ६०० कायम थियो ।