• Menu

सुनको मूल्य तोलामा १२ सय र चाँदी ६० रुपैयाँले बढ्यो

नेपाल प्रफिट

२०८३ भदौ २८, आइतबार १२:३५

सुनको मूल्य तोलामा १२ सय र चाँदी ६० रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले वृद्धि भएको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यससँगै आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो ।