• Menu

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालद्वारा २० लाख सहयोग

नेपाल प्रफिट

२०८३ भदौ २६, शुक्रबार १७:२५

भोटेकोशी बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालद्वारा २० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि शाओमी नेपालले २० लाख सहयोग गरेको छ।

शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको जनाएको छ।

बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएकाले कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको शाओमी नेपालले जनाएको छ ।

शाओमी नेपालका तर्फबाट उक्त सहयोग रकम रेमिट्यान्सका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्र तथा शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरेका थिए।

सहयोग रकम हस्तान्तरणका क्रममा विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्स्थापनाका लागि भइरहेका सरकारी प्रयासमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

शाओमी नेपालले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै उक्त सहयोगले राहत तथा उद्धारका कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित शाओमी नेपालले नेपाली समुदायको सुख-दुःखमा साथ दिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक उत्तरदायित्वका गतिविधिमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार