काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६०० कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६ सय २० कायम भएको थियो ।