• Menu

अर्थ समितिबाट ‘नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक’ सर्वसम्मत पारित

नेपाल प्रफिट

२०८३ भदौ ३१, बुधबार १४:२८

अर्थ समितिबाट ‘नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक’ सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थसमितिको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास भएको छ ।
अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसहमत पास गरेको जानकारी दिए  ।
उनले अर्थ समितिबाट सर्वसहमत पास भएको प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने जानकारी दिए ।