• Menu

सामान्य अंकले बढ्यो नेप्से, १३७ कम्पनीको मूल्य बढ्दा ७ अर्ब नाघ्यो कारोबार रकम

नेपाल प्रफिट

२०८३ असोज ६, मंगलबार १५:३२

सामान्य अंकले बढ्यो नेप्से, १३७ कम्पनीको मूल्य बढ्दा ७ अर्ब नाघ्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६५४ अंकमा पुगेको छ । बजारमा कारोबार रकमसमेत बढेर ७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार अन्य समूहको सूचक सर्वाधिक १.३६ प्रतिशतले बढेको छ । जीवन बिमा ०.८२, लगानी ०.४८, लघुवित्त ०.४८, विकास बैंक ०.४३, बैंकिङ ०.३५ र होटल तथा पर्यटन समूह ०.३१ प्रतिशतले बढेका छन् ।

यता व्यापार समूह ०.९३ प्रतिशतले घटेको छ । वित्त ०.५२, उत्पादन तथा प्रशोधन ०.२४, जलविद्युत ०.१४ र निर्जीवन बिमा समूह ०.०२ प्रतिशतले घटेका छन् ।

आज १३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

मिडसोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । फर्स्ट माइक्रोफाइनान्स ७.७५, मैलुङखोला जलविद्युत ५.६३ र मान्डु हाइड्रोपावर ५.४३ प्रतिशतले बढेका छन् ।

स्नो रिभर्सको सेयर मूल्य सर्वाधिक ८.२३ प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंक ६.९६, बोटलर्स नेपाल (बालाजु) ६.७५ र इन्फिनिटी लघुवित्त ५.६४ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा हाथवे इन्भेस्टमेन्ट, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडिल तमोर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन् ।