काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आजदेखि पूर्ववत् रूपमा सेयर कारोबार सञ्चालन हुने जनाएको छ । सोमबार प्राविधिक समस्या देखिएर अवरुद्ध भएर रोकिएको कारोबार आजबाट सञ्चालनमा आउन लागेको हो ।
नेप्सेले सार्वजनिक सूचना जारी गरेर नेप्सेका ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्ति भएपछि आजदेखि नेप्सेमा नियमित सेयर कारोबार सञ्चालन गर्न लागिएको जनाएको छ ।