• Menu

काठमाडौंमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, ‘द बिगेस्ट एक्सचेन्ज मेला’मा विशेष अफर

नेपाल प्रफिट

२०८३ असोज ५, सोमबार १४:०७

काठमाडौंमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, ‘द बिगेस्ट एक्सचेन्ज मेला’मा विशेष अफर

काठमाडौं ।  यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ। असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई कम्पनीले ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा प्रस्तुत गरेको छ।

मेलामा ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी यामाहाका नयाँ पुस्ताका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार मेलास्थलमै पुराना सवारीसाधनको मूल्यांकन गरी एक्सचेन्ज प्रक्रिया अघि बढाइनेछ।

एक्सचेन्जका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिने कम्पनीले जनाएको छ। ग्राहकलाई पुरानो सवारीसाधनको मूल्यांकनसँगै नयाँ यामाहा खरिदमा १० लाख रुपैयाँसम्मको क्यासब्याक उपलब्ध गराइने बताइएको छ।

यामाहाले मेलामा ‘चंगा चेट’ अभियानसमेत सार्वजनिक गर्ने जनाएको छ। उक्त अभियानमार्फत पुराना सवारीसाधन एक्सचेन्ज गरेर नयाँ यामाहा खरिद गर्न ग्राहकलाई प्रोत्साहित गरिनेछ।

मेलामा सवारीसाधन खरिदका लागि नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ। साथै, ग्राहकले ४० महिनासम्मको कम ईएमआई योजनासमेत उपयोग गर्न सक्नेछन् ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लू फेस्टमार्फत नेपाली राइडरलाई यामाहाका प्रविधि तथा उत्पादनसँग नजिक ल्याउने उद्देश्य रहेको बताए।

‘यसपालिको ब्लू फेस्टमा हामीले ग्राहकका लागि अपग्रेडको प्रक्रियालाई आजसम्मकै सहज र थप लाभदायक बनाउने उद्देश्य राखेका छौं,’ अग्रवालले भने।

६ दिनसम्म सञ्चालन हुने मेलामा खरिद तथा एक्सचेन्जसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि आयोजना हुनेछन्। आगन्तुकले स्टन्ट शो, टेस्ट राइड, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट र कस्प्ले आर्टिस्टको प्रस्तुति हेर्न सक्नेछन्।

मेलामा विभिन्न डुअर प्राइज तथा निःशुल्क एसेसरिज वितरणको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ। आगन्तुकले विभिन्न गतिविधिमा सहभागी भएर हाइटेक ग्याजेट जित्ने अवसरसमेत पाउनेछन्।

यामाहा नेपालको ब्लू फेस्ट पछिल्ला वर्षमा दुईपांग्रे सवारीसाधनप्रेमीबीच लोकप्रिय हुँदै आएको कम्पनीको दाबी छ। यस वर्ष विगतको तुलनामा अझ धेरै आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ।

ब्लू फेस्ट र यामाहाका उत्पादनबारे थप जानकारीका लागि एनटीसी नम्बर १६६००१११०४४ वा एनसेल नम्बर ९८०१३४५२४३ मा सम्पर्क गर्न सकिनेछ। डिलरशिपसम्बन्धी जानकारीका लागि ९८०१०१७३०० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार