काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तिहारयता सुनको मूल्य प्रतितोला १४ हजार १ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो । सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा सुनको मूल्य समायोजन गरिएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार ६ सय रुपैयाँमा झरेको छ ।
तिहारयता चाँदीको मूल्य प्रतितोला २५५ रुपैयाँले घटेको छ । गत सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको थियो ।