• Menu

एपीईसी सीईओ सम्मेलन २०२६ मा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १६:४७

एपीईसी सीईओ सम्मेलन २०२६ मा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

एजेन्सी । एसिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष नेताहरू एपीईसी सीईओ सम्मेलन २०२६ मा सहभागी हुने भएका छन्।

चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा नोभेम्बर १७ देखि १८ सम्म आयोजना हुने सम्मेलनमा १२ अर्थतन्त्रका नेताहरू सहभागी हुने चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले आइतबार जानकारी दिएको हो।

सीसीपीआईटीकी उपाध्यक्ष ली छिङशुआङले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित अस्ट्रेलिया, क्यानडा, चिली, चीनको हङकङ, इन्डोनेसिया, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, रुस, थाइल्यान्ड र भियतनामका शीर्ष नेताहरू सहभागी हुनेछन्।

सम्मेलनका क्रममा सहभागी नेताहरूले विभिन्न विषयमा सम्बोधन तथा मन्तव्य राख्नुका साथै विषयगत छलफलमा भाग लिने कार्यक्रम रहेको छ।

एपीईसी सीईओ सम्मेलनलाई एसिया-प्रशान्त क्षेत्रका अर्थतन्त्रका शीर्ष नेतृत्व र व्यावसायिक क्षेत्रबीच आर्थिक सहकार्य तथा क्षेत्रीय आर्थिक विषयमा विचार आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ।