• Menu

प्रशासनमन्त्री प्रतिभा रावल झापा जाने

नेपाल प्रफिट

२०८३ कात्तिक १५, आइतबार १२:४१

प्रशासनमन्त्री  प्रतिभा रावल झापा जाने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि कात्तिक १६ गते झापा भ्रमणमा जाने भएकी छन् ।

भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी तथा सहकारीपीडितहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । उनले स्थानीय नागरिकसँग अन्तरक्रिया गर्दै भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसँग सम्बन्धित विषयमा जानकारी लिने छिन् ।

अन्तरक्रियामा मन्त्रालयले हालसम्म गरेका काम, भूमि तथा सहकारी क्षेत्रका समस्या समाधानका लागि अघि बढाइएका प्रयास र आगामी योजनाबारे जानकारी आदानप्रदान गरिने जनाइएको छ ।

त्यस अवसरमा स्थानीय नागरिकले आफ्ना समस्या तथा गुनासा प्रस्तुत गर्ने र तिनको सम्बोधनका सम्भावित उपायबारे समेत छलफल हुने कार्यक्रम रहेको छ ।

मन्त्री रावलको झापा भ्रमणलाई भूमिहीन, सुकुम्बासी तथा सहकारीपीडितका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्ने अवसरका रूपमा लिइएको छ ।