• Menu

एथर अपग्रेड फेस्टिभल’ कात्तिक १५ देखि, एथर स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक

नेपाल प्रफिट

२०८३ कात्तिक १५, आइतबार १३:३४

एथर अपग्रेड फेस्टिभल’ कात्तिक १५ देखि, एथर स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक

काठमाडौं। विद्युतीय स्कुटर निर्माता एथरले नयाँ स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक दिने भएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले कात्तिक १५ देखि २२ गतेसम्म देशभर ‘एथर अपग्रेड फेस्टिभल’ सञ्चालन गर्ने घोषणा गरेको हो ।

आठ दिनसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत ग्राहकले एथरका नयाँ विद्युतीय स्कुटर खरिद गर्दा एक लाख रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार चाडपर्वको अवसरलाई लक्षित गरी ल्याइएको यो योजनाले ग्राहकलाई आधुनिक विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न प्रोत्साहित गर्नेछ ।

एथरका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल र म्याजिक ट्विस्टलगायतका आधुनिक सुविधा उपलब्ध छन् । लागू हुने नियम तथा सर्तअनुसार कम्पनीले ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

१७ स्थानमा फेस्टिभल सञ्चालन हुने

एथर अपग्रेड फेस्टिभल देशभरका १७ वटा एथर एक्सपिरियन्स सेन्टरमार्फत सञ्चालन हुनेछ । ग्राहकले काठमाडौं उपत्यकाका नक्साल, भक्तपुर, टेकु, झम्सिखेल र बौद्धसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान, विराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीस्थित सेन्टरबाट योजनामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले ग्राहकलाई नजिकको एक्सपिरियन्स सेन्टरमा पुगेर उपलब्ध स्कुटरका मोडेल, विशेष अफर तथा खरिद सुविधाबारे जानकारी लिन आग्रह गरेको छ ।

८  दिनका लागि विशेष अवसर

वैद्य इनर्जीका अनुसार यो अभियान विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्नुका साथै ग्राहकलाई आधुनिक प्रविधियुक्त स्कुटरको अनुभव दिलाउने उद्देश्यले सञ्चालन गर्न लागिएको हो ।

कम्पनीले क्यासब्याक प्राप्त गर्ने योग्यता तथा अन्य सुविधा लागू हुने नियम र सर्तमा आधारित हुने स्पष्ट पारेको छ । थप जानकारीका लागि ग्राहकले नजिकको एथर एक्सपिरियन्स सेन्टर वा एथर नेपालका आधिकारिक सञ्चार माध्यममा सम्पर्क गर्न सक्नेछन् ।

वैद्य इनर्जी प्रालि नेपालमा एथर इनर्जीको आधिकारिक वितरक हो । कम्पनीले विद्युतीय सवारीसाधनको बिक्री, सेवा तथा चार्जिङ पूर्वाधार विस्तार गर्दै आएको जनाएको छ । एथर अपग्रेड फेस्टिभल कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।