काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्टिट्युड ल्यान्ड प्रा.लि.बीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
बुधबार, कात्तिक ११ गते, २०८३ मा काठमाडौंमा भएको सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ललितपुरको बालकुमारी, खरिबोटस्थित एल्टिट्युड ल्यान्डमा १५ प्रतिशतसम्म छुट पाउनेछन्।
यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ। डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन बैंकले समय-समयमा ग्राहकलाई लक्षित विभिन्न सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। डिजिटल कारोबारमा उपलब्ध छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङ तथा नवीन सेवाहरू विस्तार गर्दै ग्राहकलाई सहज र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ। बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल रूपमा सञ्चालनमा ल्याएको थियो।
त्यसैगरी, बैंकले युवालाई लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूलाई लक्षित विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सुरु गरेको बैंकले जनाएको छ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराउनुका साथै अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा ग्राहकलाई विभिन्न व्यापारिक प्रतिष्ठानमा छुट उपलब्ध गराउने सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।