काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
सुदूरपश्चिमले प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो। त्यसैले टोली पोखराविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
यता, पोखरा एभेन्जर्सले भने यस खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ। पहिलो खेलमै जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको पोखरालाई सुदूरपश्चिमविरुद्ध बलियो योगफल बनाउने चुनौती हुनेछ।