• Menu

मियामी विमानस्थलमा दुई विमान ठोक्कियो

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १५:१०

मियामी विमानस्थलमा दुई विमान ठोक्कियो

एजेन्सी । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए।

दुर्घटनामा घाइते भएका दुई जनाको घटनास्थलमै उपचार गरिएको मियामी-डेड अग्नि उद्धार विभागले जनाएको छ। उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।

कोपा एयरलाइन्सको यात्रुवाहक विमान पानामा सिटीबाट मियामी आइपुगेको थियो। यस्तै, यूपीएसको कार्गो विमान मियामीबाट कोलम्बियाको राजधानी बोगोटाका लागि उडान भर्ने तयारीमा रहेको थियो।

घटनापछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ। विमानहरू कसरी एकआपसमा ठोक्किन पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।