• Menu

धनुषाधाम वनस्पति उद्यानमा रास्वपा सभापति रवि लामिछानेद्वारा वृक्षरोपण

नेपाल प्रफिट

२०८३ कात्तिक २९, आइतबार १६:४१

धनुषाधाम वनस्पति उद्यानमा रास्वपा सभापति रवि लामिछानेद्वारा वृक्षरोपण

धनुषा  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषाको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानमा वृक्षरोपण गरेका छन्।

छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले धनुषाधाम मन्दिरमा पूजाअर्चना गरेपछि वनस्पति उद्यान पुगेर वृक्षरोपण गरेका हुन्।

धनुषाधाम वनस्पति उद्यानका प्रमुख मोहम्मद ताहिर अलीका अनुसार लामिछानेले उद्यानभित्र रहेको नक्षत्र बाटिकामा गुलर जातको बिरुवा रोपेका थिए।

वृक्षरोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय पुरुषोत्तम यादव र रामविनय यादवसहित रास्वपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

यसैबीच, सभापति लामिछाने आजै छठ पर्व मनाउन जनकपुरधामस्थित गङ्गासागर पोखरीमा सहभागी हुने रास्वपाका नेता अम्बुप्रसाद साहले जानकारी दिएका छन्।