काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७०० ले बढेको छ भने चाँदीको मूल्य ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार र चाँदीको मूल्य तीन हजार ६७५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य तीन हजार ७२० कायम थियो ।