काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ। यसअनुसार मंसिर ८ गतेसम्म कायम सेयरधनीहरू प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले प्रस्ताव गरेको लाभांश सम्बन्धित साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।