• Menu

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १०, मंगलबार ११:१३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ८०० ले बढेको छ भने चाँदीको मूल्य २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य तीन हजार ९७० कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य तीन हजार ९९५ कायम भएको थियो ।