• Menu

सुनचाँदीको मूल्य बढ्यो

नेपाल प्रफिट

२०८३ असोज ३०, शुक्रबार १२:२०

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य एक हजार ७०० र चाँदीको मूल्य ११५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार १५० कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३५ कायम भएको थियो ।