• Menu

गलकोटमा बाढी, पहिरो र हुरीले ६३ घरमा पूर्ण क्षति, सिँचाइ संरचनामा पनि ठूलो नोक्सानी

नेपाल प्रफिट

२०८३ असोज १८, आइतबार १३:३२

गलकोटमा बाढी, पहिरो र हुरीले ६३ घरमा पूर्ण क्षति, सिँचाइ संरचनामा पनि ठूलो नोक्सानी

बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।

गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ ।

यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।