काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला दुइ हजार ८०० र चाँदीको मूल्य ३० बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल प्रतितोला दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३९५ कायम भएको थियो ।