• Menu

प्रतितोला २ लाख ९० हजार ५०० मा झर्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८३ असोज १३, मंगलबार ११:४५

प्रतितोला २ लाख ९० हजार ५०० मा झर्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य चार हजार ३९५ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य चार हजार ५१० कायम थियो ।