काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । यससँगै पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो । आइतबारको तुलनामा बुधबारसम्म सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँले घटेको हो ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको थियो । यसअनुसार तीन दिनको अवधिमा चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको छ ।