काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य दुई हजार २०० र चाँदीको मूल्य ६० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य चार हजार ३५५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ४०० र चाँदी प्रतितोलाको मूल्य चार हजार ४१५ कायम भएको थियो ।