• Menu

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी, मौज्दात १८ अर्ब १३ करोड नाघ्यो

नेपाल प्रफिट

२०८३ कात्तिक १०, मंगलबार ११:३७

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी, मौज्दात १८ अर्ब १३ करोड नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा मंगलबार बिहान ९:०० बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ४९ करोड  ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर पुगेको छ । रासस