• Menu

पदोन्नति भएका उपरथी खत्रीलाई प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १२:३५

पदोन्नति भएका उपरथी खत्रीलाई प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जङ्गी अड्डामा बुधबार आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस