काठमाडौं । स्थानीय बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ९८० कायम भएको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ९७० कायम भएको थियो ।