काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा ८ हजार ३०० र चाँदी १७५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ७२ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार ६५० निर्धारण भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० र चाँदी तीन हजार ८२५ मा कारोबार भएको थियो ।