काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ६०० ले बढेको छ, भने चाँदीको मूल्य २० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य तीन हजार ६५५ कायम भएको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार र चाँदीको मूल्य तीन हजार ६७५ कायम थियो ।