• Menu

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार ११:२७

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।