मुस्ताङ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताएकी छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा,२०८३’ लाई यहाँ सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताएकी हुन् ।
उनले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढीपहिरोले प्राणी जगत्लाई ठूलो असर पुर्याइरहेको बताइन् ।
मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढीपहिरो, नदीकटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिइन् । उनले बढ्दो तापमानका कारण हिमाली क्षेत्रमा थप जोखिम बढेको बताइन् ।