• Menu

 एकै वर्षमा घरजग्गा कारोबार रकम दोब्बरले बढ्दै ७ खर्ब २१ अर्ब पुग्यो

नेपाल प्रफिट

२०८३ भदौ ३०, मंगलबार १८:१३

 एकै वर्षमा घरजग्गा कारोबार रकम दोब्बरले बढ्दै ७ खर्ब २१ अर्ब पुग्यो

काठमाडौं । गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।

राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको संख्या आव २०८१/८२ को तुलनामा ४.७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो ।

 

सम्बन्धित समाचार