• Menu

१,३९९ रुपैयाँमै ६ लाखसम्मको बिमा सुरक्षा, इसेवाको ‘सहारा हेल्थ इन्सुरेन्स’ बाट १० हजार बढी लाभान्वित

नेपाल प्रफिट

२०८३ असार २९, १७:३३

१,३९९ रुपैयाँमै ६ लाखसम्मको बिमा सुरक्षा, इसेवाको ‘सहारा हेल्थ इन्सुरेन्स’ बाट १० हजार बढी लाभान्वित

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले शिखर इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘सहारा हेल्थ इन्सुरेन्स’ योजनामार्फत सर्वसाधारणलाई सुलभ, सहज र पूर्ण रूपमा डिजिटल स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

इसेवाका अनुसार १,३९९ रुपैयाँबाट सुरु हुने यो बिमा योजनाले स्वास्थ्य तथा दुर्घटना जोखिमलाई समेट्दै अधिकतम ६ लाख रुपैयाँसम्मको बिमा सुरक्षा प्रदान गर्छ। ग्राहकले कुनै कागजी प्रक्रिया वा बिमा कम्पनीको कार्यालय पुग्नुपर्ने झन्झट बिना इसेवा एपमार्फत केही मिनेटमै बिमा खरिद वा नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।

योजनाअन्तर्गत १ लाख, २ लाख र ५ लाख रुपैयाँसम्मका स्वास्थ्य बिमा प्याकेज उपलब्ध छन्। यसमा २४ घण्टा वा सोभन्दा बढी अस्पताल भर्ना भएर गरिने उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित (क्यासलेस) उपचार, १५० भन्दा बढी डे-केयर सेवा तथा अस्पताल भर्नाअघि र डिस्चार्जपछि लाग्ने योग्य स्वास्थ्य खर्चसमेत समावेश गरिएको छ । साथै, १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पनि उपलब्ध गराइएको छ।

५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले आफू वा परिवारका सदस्यका लागि इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनमार्फत आवश्यक विवरण भरेर इच्छाअनुसारको बिमा योजना छनोट गर्न सक्छन्। भुक्तानी सम्पन्न भएपछि बिमा पोलिसी तत्काल डिजिटल रूपमा प्राप्त हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

इसेवाका अनुसार विभिन्न रोग, दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याबाट उत्पन्न हुने आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो। कम्पनीले सुलभ प्रिमियम, सरल डिजिटल प्रक्रिया र फराकिलो कभरेजमार्फत स्वास्थ्य बिमालाई सर्वसाधारणसम्म पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ।

गत भदौदेखि सञ्चालनमा आएको ‘सहारा हेल्थ इन्सुरेन्स’ योजनाबाट हालसम्म १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेका छन्। डिजिटल वित्तीय सेवासँगै बिमा सेवाको पहुँच विस्तार गर्न इसेवाले विभिन्न बिमा कम्पनीसँगको सहकार्यमा अन्य बिमा योजनासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।