• Menu

भदौमा ५ वाणिज्य बैंकले घटाए ब्याजदर, १५ बैंकको स्थिर

नेपाल प्रफिट

२०८३ साउन ३१, आइतबार ११:२५

भदौमा ५ वाणिज्य बैंकले घटाए ब्याजदर, १५ बैंकको स्थिर

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेकाले निक्षेपको ब्याजदरमा थप गिरावट आएको छ।

भदौमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा झरेको छ । जुन साउनमा ४.१६७५ प्रतिशत थियो । संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा आएको छ।

भदौमा पाँच बैंकले ब्याजदर घटाएका छन् । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशतविन्दु घटाएर ३.७६ प्रतिशत तथा संस्थागततर्फ ३.०५ प्रतिशत कायम गरेको छ। नेपाल बैंकले व्यक्तिगतमा ४.१५ र संस्थागतमा ३.५ प्रतिशत कायम गरेको छ। सिटिजन्स, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ब्याजदर घटाएका छन् ।

व्यक्तिगत निक्षेपतर्फ सिटिजन्स बैंकले ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत, र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

बाँकी १५ बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नबिल र प्रभु बैंकको व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर छ।