
काठमाडौं । नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले काठमाडौंको मकालु पेट्रोल पम्पमा चारदिने निःशुल्क सवारीसाधन ब्याट्री परीक्षण अभियान सम्पन्न गरेको छ।
साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण गरिएको कम्पनीले जनाएको छ।
अभियानका क्रममा पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने सवारीसाधनका ब्याट्री परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ब्याट्रीको अवस्था तथा समग्र कार्यक्षमता जाँच गरी सवारीधनीलाई आवश्यक जानकारी र सुझाव प्रदान गरिएको कम्पनीले जनाएको छ।
नेपालमै उत्पादित एसटीसी राइड तथा एसटीसी इनर्जी ब्रान्डका ब्याट्रीको प्रवर्द्धनसँगै ग्राहकलाई प्रत्यक्ष सेवा उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा सवारीधनीको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।
अभियानबाट प्राप्त सकारात्मक प्रतिक्रिया र प्रभावकारी सहभागितालाई ध्यानमा राख्दै एसटीसी इनर्जी इन्डस्ट्रिजले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता निःशुल्क ब्याट्री परीक्षण तथा ग्राहककेन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।
नेपालमै गुणस्तरीय ब्याट्री उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादन तथा सेवामार्फत नेपाली उपभोक्तालाई भरपर्दो र प्रभावकारी समाधान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal