
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत २०८२ माघ र फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो ।
भुक्तानी पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल, निजी तथा शिक्षण अस्पताललगायत छन् । ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालसमेत भुक्तानी पाउने सूचीमा परेका छन् ।
स्वास्थ्य बिमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेश गरेका दाबीको रुजु तथा मूल्यांकन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो ।
स्वास्थ्य संस्थाबाट प्राप्त दाबीको मूल्यांकनपछि स्वीकृत भएको सेवाको आधारमा भुक्तानी गरिएकाले कार्यक्रमअन्तर्गत सेवा प्रदायक सबै प्रकारका स्वास्थ्य संस्थालाई समेटिएको जनाइएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal