• Menu

सेयर बजार ६.४४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १५:३७

सेयर बजार ६.४४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २ हजार ६४८ अंकमा झरेको छ।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। त्यस्तै, नौ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारको अधिकांश समय बजार रातो अंकमा रहेको थियो । यस दिन कुल ३ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो।

अधिकांश समूहगत सूचक घटेका छन्। बैंकिङ समूह ०.२३, वित्त ०.४७, लगानी ०.२२, जीवन बिमा ०.६७, उत्पादन तथा प्रशोधन ०.७९, लघुवित्त ०.४३ र अन्य समूह ०.९४ प्रतिशतले घटेका छन्।

यता निर्जीवन बिमा समूह ०.३३, होटल तथा पर्यटन ०.२४, जलविद्युत ०.२७ र विकास बैंक समूह ०.०४ प्रतिशतले बढेका छन्।

यस दिन स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ। सामलिङ पावरको ५.८७, एसियन हाइड्रोपावरको ५.२६, बेनी हाइड्रोपावरको ३.९३ र सोपान फर्मास्युटिकल्सको ३.४५ प्रतिशतले मूल्य बढेको छ।

त्यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको छ। घोराही सिमेन्टको ७.८७, सर्वोत्तम पेन्ट्सको ४.९५ र सीवाईसी लघुवित्तको ४.९२ प्रतिशतले मूल्य घटेको छ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट, सानिमा माई हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहेका छन्।