• Menu

त्रिपुरेश्वरमा बस आगलागी घटनाको छानबिन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन, प्रतिवेदन बुझाउन ५ दिनको समय

नेपाल प्रफिट

२०८३ असोज ५, सोमबार १७:२७

त्रिपुरेश्वरमा बस आगलागी घटनाको छानबिन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा समिति गठन, प्रतिवेदन बुझाउन ५ दिनको समय

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ ।

एआईजी सुशील सिंह राठौरका अनुसार एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ ।

रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगलागीमा बस चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । प्रहरीले उनको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार लामाको अवस्था चिन्ताजनक रहेको छ ।

बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ । त्यसपछि चालकले नै बसमा आगो लगाएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि घटनाको वास्तविक कारण छानबिनपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार