काठमाडौं । त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाएका छन् । बसमा आगलागी हुँदा चालक बसभित्रै रहेको र बाहिर ननिस्किएको आधारमा प्रहरीले चालकले नै आगो लगाएको हुनसक्ने आशंका गरेको हो ।
प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि चालकले बसमा आगो लगाएका हुन । प्रहरीले यसको पुष्टि भने अनुसन्धानपछि मात्र हुने जनाएको छ।
आगलागी भएको बस बा ५ ख ४२७४ नम्बरको हो । बसका चालक काभ्रेका २५ वर्षीय दावा लामा हुन् । आगो लाग्दा बसभित्रै रहेका लामा घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बसमा लागेको आगो सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।