• Menu

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशमा रणनीतिक ग्रोथ रिभ्यु सेमिनार सम्पन्न, खुद नाफा ६३ प्रतिशतभन्दा बढीले वृद्धि

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार १६:११

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशमा रणनीतिक ग्रोथ रिभ्यु सेमिनार सम्पन्न, खुद नाफा ६३ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीबीच ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स : पर्फमेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु-कर्णाली प्रोभिन्स २०८३/८४’ विषयक सेमिनार आयोजना गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सेमिनार सम्पन्न भएको हो।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको बैंकले जनाएको छ। केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि कार्यक्रममा अन्तरक्रिया भएको थियो।

कर्णाली प्रदेशका आठ जिल्लामा सिटिजन्स बैंकका ११ शाखा कार्यालय सञ्चालनमा रहेका छन्। बैंकले यसअघि बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्ट : स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रोभिन्स’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम : बिजनेस एक्स्पान्सन एन्ड एसेट क्वालिटी इम्प्रुभमेन्ट इन कोशी प्रोभिन्स’, मधेस प्रदेशमा ‘ड्राइभिङ हाई-भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप २०८३/८४’ तथा सुदूरपश्चिम प्रदेशमा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सन : बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु’ कार्यक्रम सम्पन्न गरिसकेको छ।

बैंकका अनुसार कर्णाली प्रदेशमा गरिएको यो सेमिनार सोही प्रकृतिको कार्यक्रमको निरन्तरता हो। अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ।

कर्जा र निक्षेपमा वृद्धि

बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै निक्षेप संकलनमा ९.२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

बैंकको खुद नाफा पनि ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ प्राप्त गर्न सफल बैंकले यसअघि फोनपे र सहकार्यमा नेपालमा पहिलोपटक सिटिजन्स फोनपे क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।

हालै बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन-जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामका एकीकृत अनलाइन सेवा सञ्चालनमा ल्याएको छ।

प्रोफेसनलहरूलाई लक्षित गर्दै बैंकले ‘प्रोफेसनल सेभिङ अकाउन्ट’ नामको नयाँ बचत खाता पनि सञ्चालनमा ल्याएको जनाएको छ। त्यस्तै नेपालमा पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको बैंकको दाबी छ।

बैंकले आफ्नो शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ।

हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा २०० वटा शाखा, १६७ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।