• Menu

मुख्यमन्त्री किरण थापामगरद्वारा मन्त्रिपरिषद् विस्तार, नेकपाबाट रमा आलेमगर मन्त्री बनिन्

नेपाल प्रफिट

२०८३ असोज २, शुक्रबार १७:३८

मुख्यमन्त्री किरण थापामगरद्वारा मन्त्रिपरिषद् विस्तार, नेकपाबाट रमा आलेमगर मन्त्री बनिन्

मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी छन् । उनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आलेमगरलाई शपथ गराएका हुन् । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गरेका थिए । आले काठमाडौं क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । उनी यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएकी थिइन् ।