काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई सिंहदरबार अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार तामाङविरुद्ध १० वटा बैंकिङ कसुरका मुद्दा रहेको खुलेको छ। अदालतको आदेशपछि धरौटी बुझाउन नसकेका कारण उनलाई कारागार चलान गरिएको हो।