• Menu

लाभांश पारित गर्न गरिमा विकास बैंकले बोलायो साधारणसभा

नेपाल प्रफिट

२०८३ भदौ ३१, बुधबार ०९:४०

लाभांश पारित गर्न गरिमा विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले असोज २६ गते २०औँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले होटल पोखरा ग्राण्ड, बिरौटामा बिहान साढे १० बजेबाट शुरु हुनेगरी वार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसैले असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागी हुन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।