काठमाडौं । कुमारी बैंकले तीन वर्ष पछि आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । भदौ ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।