काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् ।
कम्पनीका अनुसार नयाँ सिरिजमा लामो समयसम्म चल्ने उच्च क्षमताको ब्याट्री प्रयोग गरिएकाले बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुनेछ ।
रेडमी नोट १७ र रेडमी नोट १७ ५जी मा ७,७०० एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ। त्यस्तै, रेडमी नोट १७ प्रो ५जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ।
रेडमी नोट १७ प्रो म्याक्स ५जी मा भने १०,००० एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ। कम्पनीका अनुसार ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने कम्पनीको दाबी छ ।
नयाँ सिरिजमा समावेश रेडमी टाइटन ब्याट्री सिस्टमले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।
आकर्षक डिस्प्ले र उन्नत क्यामेरा
रेडमी नोट १७ प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस दिइएको छ। रेडमी नोट १७ र नोट १७ ५जी मा ६.९९ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले रहेको छ।
क्यामेरातर्फ रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।
रेडमी नोट १७ प्रो ५जीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ। त्यस्तै, प्रो म्याक्स ५जीमा ५० मेगापिक्सेल मुख्य, ८ मेगापिक्सेल अल्ट्रा-वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ।
मजबुत संरचना र पानी-धुलोबाट सुरक्षा
प्रो मोडलहरू रेडमी टाइटन स्ट्रक्चरमा निर्माण गरिएको कम्पनीले जनाएको छ। यी मोडलमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के स्तरको सुरक्षा रहेको छ।
रेडमी नोट १७ र नोट १७ ५जीमा भने आईपी६५ स्तरको सुरक्षा दिइएको छ।
प्रदर्शनका लागि सिरिजका विभिन्न मोडलमा स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिपसेट प्रयोग गरिएको छ।
नेपालमा मूल्य
नेपालमा रेडमी नोट १७ सिरिजका विभिन्न भेरियन्टको मूल्य यसप्रकार तोकिएको छ:
- रेडमी नोट १७ (६/१२८ जीबी): रु. ४२,९९९
- रेडमी नोट १७ (८/२५६ जीबी): रु. ४७,९९९
- रेडमी नोट १७ ५जी (६/१२८ जीबी): रु. ४७,९९९
- रेडमी नोट १७ ५जी (८/२५६ जीबी): रु. ५२,९९९
- रेडमी नोट १७ प्रो ५जी (८/२५६ जीबी): रु. ५७,९९९
- रेडमी नोट १७ प्रो ५जी (१२/५१२ जीबी): रु. ६४,९९९
- रेडमी नोट १७ प्रो म्याक्स ५जी (८/२५६ जीबी): रु. ६९,९९९
- रेडमी नोट १७ प्रो म्याक्स ५जी (१२/५१२ जीबी): रु. ७९,९९९
विभिन्न रङमा उपलब्ध
रेडमी नोट १७ र नोट १७ ५जी सेलेस्टियल पर्पल, स्काई टिल र ब्ल्याक रङमा उपलब्ध छन्।
रेडमी नोट १७ प्रो ५जी स्काई ब्लु, साटिन ओरेन्ज, पर्पल र ब्ल्याक रङमा उपलब्ध छ। प्रो म्याक्स ५जी भने क्लाउड ब्लस, ग्रिन, पर्पल र ब्ल्याक रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
रेडमी बड्स ६ प्ले निःशुल्क
रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले रु. २,४९९ मूल्य पर्ने रेडमी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्नेछन्। यो अफर फोन सार्वजनिक भएको मितिदेखि सेप्टेम्बरको अन्त्यसम्म लागू हुने कम्पनीले जनाएको छ।
त्यस्तै, नेपालभरका आधिकारिक बिक्रेतामार्फत नागरिकता प्रस्तुत गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा समेत लिन सकिने कम्पनीले जनाएको छ।
शाओमीका अनुसार कम्पनीका स्मार्टफोन, स्मार्ट हार्डवेयर, स्मार्ट विद्युतीय सवारीसाधन तथा आईओटी प्रविधिमा आधारित उत्पादन विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन्।