काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।
बाढी प्रभावितका लागि प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत संकलन गर्ने क्रममा गोरखा ब्रुअरीले उक्त रकम हस्तान्तरण गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको सहयोग रकम हस्तान्तरण गरे ।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत एकद्वार प्रणालीमा सहयोग संकलन गरिरहेको छ। प्राप्त सहयोगलाई प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिने जनाइएको छ।