• Menu

रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र, २,३५० सैनिक परिचालन

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १६:३९

रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र, २,३५० सैनिक परिचालन

काठमाडौं ।  रसुवाको नेपाल-चीन सीमा क्षेत्रबाट बग्ने भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।

बाढीबाट बढी प्रभावित क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, सम्पर्कविहीन व्यक्तिको खोजी तथा विस्थापितलाई राहत उपलब्ध गराउने कार्य गरिरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाले रसुवाको स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा बाढीका कारण फसेका स्वदेशी तथा विदेशी गरी १२० जनाको हवाई उद्धार गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाका दुई हजार ३५० जना सैनिक परिचालन गरिएको प्रवक्ता बस्नेतले बताए ।

बाढीबाट प्रभावित अन्य क्षेत्रमा समेत उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सेनाले जनाएको छ।