• Menu

सभामुख अर्यालद्वारा संसद् सचिवालयका पदाधिकारीहरूसँग छलफल, उद्धार र समन्वयमा जुट्न निर्देशन

नेपाल प्रफिट

२०८३ भदौ ११, बिहीबार १७:१३

सभामुख अर्यालद्वारा संसद् सचिवालयका पदाधिकारीहरूसँग छलफल, उद्धार र समन्वयमा जुट्न निर्देशन

काठमाडौं । सभामुख डीपी अर्यालले रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा संघीय संसद्का कामकारबाहीमा पर्न सक्ने प्रभावबारे संसद् सचिवालयका उच्च पदाधिकारीसँग छलफल गरेका छन् ।

सभामुख अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव, राष्ट्रियसभाका सचिव तथा सचिवालयका सम्बन्धित पदाधिकारीसँग बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन् ।

छलफलका क्रममा उनले विपद्को अवस्थामा संघीय संसद् सचिवालयले गर्न सक्ने सहयोग, आवश्यक समन्वय तथा प्रभावित क्षेत्रमा सहजीकरणका विषयमा समेत जानकारी लिएका थिए ।

सभामुख अर्यालले विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन संसद् सचिवालयबाट आवश्यक पहल गर्न निर्देशन दिएका छन् । उनले राहत तथा उद्धार कार्यमा आवश्यक समन्वय गर्न र प्रभावित क्षेत्रमा सहजीकरणका लागि सचिवालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै सभामुख अर्यालले विपद् व्यवस्थापनका लागि उपलब्ध सबै स्रोतसाधनको प्रभावकारी परिचालन र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताएका छन् ।