
काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय कायम भएको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय र चाँदीको चार हजार नौ सय ६५ कायम भएको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal